काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्याक्तिको छानबिन आयोगमा १० जनाको नाम मन्त्रीपरिषद्बाट सिफारिस भएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले पठाएको नाम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि दुबै आयोगहरु पुन क्रियाशील भएका छन् । सत्य निरुपणमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापालाई अध्यक्षमा सिफारिस गरिएको छ । त्यस्तै, बेपत्ता आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्षमा सिफारिस गरिएको । दुबै आयोगमा अध्यक्षसहित १० पदाधिकारी बुधबार सिफारिस गरिएको छ । सत्य निरुपणमा अध्यक्ष थापाका साथै सदस्यहरु अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या ओझा र पदपबहादुर शाही छन् । यस्तै बेपत्ता छानबिन आयोगको अध्यक्षमा गड्तौलाका साथै सदस्यहरुमा उच्च अदालतका पूर्वन्यायाधीश अग्निप्रसाद थपलिया सदस्यमा सिफारिस भएका छन् । गोपीनाथ योगी,सृजना सिवाकोटी, विनिता नेपाली लगायत छन् । भागबण्डाका आधारमा नेपाली कांग्रेसबाट ३ जना नेकपा एमालेबाट ४ जना र माओबादी केन्द्रबाट ४ जनाले सदस्य पाएका छन् । सरकारले ओमप्रकास मिश्रको संयोजकत्वमा समति गठन गरेको थियो । जसमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजूत एवं अधिकारकर्मी डा अर्जुन कुमार कार्की, अधिकारकर्मी स्टेला तामाङ र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापा सदस्य थिए ।