काठमाडौं । सर्वोच्च अदालतले प्रा.डा विश्व पौडेलविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको आदेशलाई सदर गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको हो ।

यो सँगै पौडेललाई गभर्नर नियुक्त्ति गर्न सरकारलाई सहज भएको देखिएको छ । अधिवक्ताहरु प्रतिभा उप्रेदी र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।