काठमाडौं । एनएमबी बैंक र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बीच सम्झौता भएको छ । संघमा आबद्ध सदस्यहरूलाई विशेष वित्तीय सेवा प्रदान गर्ने विषयमा यी दुई निकायबीच सम्झौता भएको हो ।
समावेशी र मूल्यमा आधारित बैंकिङ सेवाप्रतिको प्रतिबद्धताअनुसार पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यसहित एक्यानसँग सम्झौता गरेको बैंकले जानकारी दिएको छ । एक्यानका सदस्यले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट पाउनेछन् । यस्तै, कागजात प्रक्रिया सरल हुनेछ । एनएमबी भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रिन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवा उपभोग गर्न सक्नेछन् ।