काठमाडौं । टायल कम्पनी, कजारियाले गैंडाकोट, नवलपुरमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । न्यु राजस्थानी मार्बल एन्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन र कजारिया रमेश टाइल्स लिमिटेडका क्षेत्रीय सेल्स प्रतिनिधि विकास गौतमले संयुक्तरूपमा सो सोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय प्रबन्धक अभ्यास भूषण तिवारीले नवलपुर जिल्लाको महत्वपूर्ण क्षेत्र गैंडाकोटमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने बताए । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लाने उनको भनाइ छ ।