काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सचिव पद दिएर स्वागत गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।