काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजको नयाँ स्मार्टफोन वाई १९ एस प्रो सार्वजनिक गरेको छ । कम्पनीले वाई १९ एसको सफलतापछि वाई १९ एस–प्रो अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिस डिजाइन र उपयोगकर्तामैत्री फिचरहरूसहित बजारमा ल्याइएको हो ।
यस नयाँ संस्करणमा छ हजार एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ, जुन लामो समयसम्म विनाझन्झट प्रयोग गर्न सकिने बताइएको छ । ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजीले केवल ५० मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्षम बनाउँछ । साथै, पाँच वर्षको ब्याट्री हेल्थ सुरक्षाअन्तर्गत, १७ सय पटक चार्ज–डिस्चार्ज भए पनि कम्तीमा ८० प्रतिशत क्षमता कायम रहन्छ । भिभो वाई १९ एस–प्रोको एन्टी–ड्रप डिजाइन, एसजीएस पाँच स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेसनसहित निर्माण गरिएको छ । साथै, यसमा आईपी ६४ प्रमाणित धुलो तथा पानी प्रतिरोध क्षमता रहेको छ ।
भिभो वाई १९ एस–प्रो मा छ दशमलव ६८ इन्चको हाई–ब्राइटनेस डज डिस्प्ले दिइएको छ, जुन ९० हर्ट्ज रिफ्रेस रेट र एक हजार निट्स पिक ब्राइटनेससहित आएको छ । यसले उज्यालो घाममा पनि स्क्रिन स्पष्ट देख्न मद्दत गर्छ । साथै, टीयुभी राइनल्यान्ड लो ब्लु लाइट सर्टिफिकेसनले लामो प्रयोगपश्चात पनि आँखा थकान कम गर्छ । डुअल स्टिरियो स्पिकरले आवाजलाई तीन सय प्रतिशतसम्म बढाएर प्रयोगकर्तालाई जीवन्त अडियो अनुभव प्रदान गर्छ । फोटोग्राफीप्रेमीहरूका लागि ५० एमपी एचडी मुख्य क्यामेरासहितको सेटअपले सामान्य, पोट्र्रेट वा कम प्रकाशमा पनि उत्कृष्ट तस्वीर खिच्न सक्षम बनाउँछ ।