काठमाडौं । शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव २१ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने शुन्य दशमलव ८५ अंकले उकालो लागेर २६ सय ७५ दशमलव ६२ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटि इन्डेक्स पनि शुन्य दशमलव ८७ अंकले उकालो लागेर चार सय ५६ दशमलव ९६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ५९ हजार छ सय ३३ पटकको कारोबारमा एक करोड ४२ लाख ९९ हजार तीन सय ९४ पटक शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम छ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।