काठमाडौं । एनआईसी एसिया लघुवित्तले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटी शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदूरपश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो । कार्यक्रमबाट सिंगटी शाखाका ३१ जना, धाइजन शाखाका ७० जना तथा कलुवापुर शाखाका ३८ जना सदस्यहरु लाभान्वित भएका छन् ।
संस्थाले ग्रामीण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा संस्थाका प्रदेश प्रमुखदेखि शाखा प्रमुखसम्मले बचतको उपयोगिता, कर्जाको सही प्रयोगद्वारा आर्थिक जीवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा प्रस्ट पारेका थिए । कार्यक्रमका सहभागीहरुले आफूले प्राप्त गरेको वित्तीय ज्ञानले आफ्नो दैनिक क्रियाकलापमा ठूलो परिवर्तन आउने प्रतिक्रिया व्यक्त गरेका थिए । संस्थाले यस्ता कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।