काठमाडौं । सेरेस ब्रान्डको बारेमा फैलिएका हल्लाहरूको बारेमा स्पष्ट गर्दै ब्रान्डले नेपालमा आफ्नो सेवा निरन्तररूपमा दिइरहेको पुष्टि गरेको छ ।
नेपालमा सेरेस सवारीसाधनको आधिकारिक वितरक एमएडब्ल्यु अटोमोबाइलले सेरेसको कारोबार नियमितरूपमा चलिरहेको मात्र नभई छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ । यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत बनाएको छ ।
हालसम्म नेपालभरि पाँच सयभन्दा बढी सेरेस गाडीहरू वितरण भई सञ्चालनरत छन् । जुन ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाउने प्रमाण भएको वितरकले जनाएको छ । इलेक्ट्रिक भेहिकलका क्षेत्रमा प्रवेश गरेदेखि नै एमएडब्ल्यु वृद्धिले एक स्थायी ग्राहक निर्माण गरेको छ र नेपालको दिगो यातायाततर्फको यात्रामा उल्लेखनीय योगदान पुर्याएको छ ।
ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीलाई सहज र समयमै सेवा उपलब्ध गराइएको छ । देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलोरूपमा पाउन थालेका छन् । सेरेस गाडीहरू अहिले देशभर फैलिएको एक सय २२ वटा चार्जिङ स्टेसनको सञ्जालबाट सशक्तरूपमा समर्थित छन्, जसले ईभी गाडीधनीहरूलाई सहज र सजिलो पावर एक्सेस प्रदान गरिरहेको छ ।
सेरेस ग्राहकसँगको आफ्नो साथ केबल खरिदको समयसम्म सीमित नरहने बाचा गर्छ । नयाँ अफरहरू, सजिलो सर्भिसिङ, निरन्तर सहयोग र अन्य धेरै सुविधा र यी सबैका बीचमा सेरेस एक्सपिरियन्स सधैंभरि ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नेछ र नेपाललाई दिगो यातायाततर्फ डोहो¥याउने यात्रामा महत्वपूर्ण भूमिका खेलिरहने छ ।