काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ११ दशमलव छ अंकले ओरालो लागेर २६ सय २९ दशमलव ८९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य पाँच अंकले घटेर चार सय ४९ दशमलव २७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ८६ हजार छ सय ३६ पटकको कारोबारमा एक करोड ९९ लाख ९२ हजार एक सय ८१ कित्ता शेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम नौं अर्ब १३ करोड ७४ लाख १४ हजार नौं सय १८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत र होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा , निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।