काठमाडौं । उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई इजलासमै पुगेर नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो प्रहार गरेका छन् । प्रहरीले दुई जनालाई मोसो प्रहार गरेलगत्तै पक्राउ गरेको छ ।

केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई थारुसहितको इजलासले सफाइ दिएको थियो ।