धरान (सुनसरी) । प्रहरीले दुई हजार १०० किलो गाँजासहित दुई जनालाई इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले मंगलबार बिहान धरानबाट इटहरी जाँदै गरेको ना.५ ख ६११६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाइराखेको अवस्थामा ७० बोरा गाँजा फेला परेको जानकारी दिए ।
धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राईलाई उक्त गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुमाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए ।