वीरगञ्ज (पर्सा) । यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।
मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।