काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सीसीटीभी हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले नगरपालिकाका उपमेयर, मनिकादेवी दुलाललार्र्ई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए ।