काठमाडौं, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी पाएका छन् ।सिनियर डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना हाल बंगलादेश भ्रमणमा रहेको र गभर्नर डा. विश्वनाथ पौडेल पनि मंगलबार स्विजरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन् । राष्ट्र बैंकका अनुसार गभर्नर डा पौडेलको यही असार १९ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ । काठमाडौं ।