काठमाडौं । सेरेस नेपालले ‘मनसुन एक्सचेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ । कम्पनीको सो क्याम्प असार १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । क्याम्पअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस ३ मा अपग्रेड गर्ने अवसर पाउनेछन् । यो क्याम्प ग्राहकलाई दिगो र भविष्यमैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो ।
योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुटलगायतका अफरहरू समावेश छन् । जुन सबै सेरेस ईभीमा ट्रान्जिसनलाई अझ फाइदाजनक र पहुँचयोग्य बनाउनका लागि डिजाइन गरिएको हो । आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पफर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ । नेपालमा सेरेस ३ मोडलले आफ्नो शक्ति र इन्जिनियरिङ उत्कृष्टताको सशक्त उदाहरण पेस गर्दै चार हजार चार सय ६० मिटर उचाइको कठिन कोरला नाका पार गरेर इतिहास बनाएको छ ।