तेहरान । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले केही माहिनाभित्रै आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्नसक्ने जनाएको छ । आइतबार एजेन्सीका निर्देशक राफेल ग्रोसीले एक समाचार च्यानलमा अन्तरवार्ता दिँदै इरानको आणविक स्थलहरू अझै सुरक्षित रहेको बताएका हुन् ।
ग्रोसीले इरानसँग ६० प्रतिशत शुद्ध युरेनियमको भण्डार रहेको र त्यो परमाणु बम बनाउन पर्याप्त भएको जानकारी दिएका छन् ।
इरानले जुन १३ देखि इरानको आणविक र सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरिरहेको छ । अमेरिकाले पनि बी–टु बमवर्षकद्वारा आक्रमण गरेर फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरू ध्वस्त पारेको दाबी गरेको छ ।