काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दुई फरक–फरक दिनमा बैंकिङ कसुर मुद्दाका दुई फरक–फरक प्रतिवादीलाई पक्राउ गरिएको हो ।
कार्यलयका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ४७ वर्षीय खड्गबहादुर कार्कीलाई आइतबार पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको जानकारी प्रहरीले दिएको छ ।
यसैगरी वादी नेपाल सरकार प्रतिवादी सबिन महर्जन भएको बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट विसं २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भएका प्रतिवादीलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले का.जि.का.म.पा. वडा नं. १६ बनस्थलीबाट पक्राउ गरेको हो ।