काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार ३० गते काठमाडौंमा आफ्नो ३१औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब १० करोड रूपैयाँमध्येबाट १० प्रतिशतका दरले हुनआउने २१ करोड रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।