काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका–१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका–३ घर भएका ३० वर्षीय विक्रम चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा दुई वर्ष कैद, छ लाख १० हजार रुपैयाँ जरिबाना र क्षतिपूर्तिबापत २० हजार चार सय रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।