काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ नेतृत्व चयन गरेको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले किशोरजंग कार्कीलाई बैंकको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। त्यसै बैठकमार्फत रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरिएको छ। नयाँ नेतृत्वले बैंकको रणनीतिक दिशा र प्रभावकारी सञ्चालनमा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।