भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोको हालसम्म ३० हजारले अवलोकन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा असार ६ गतेदेखि सञ्चालन गरेको यो एक्स्पो साउन १० गतेसम्म हुनेछ ।
एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । स्थानीय पर्यटन प्रवर्द्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन यो एक्स्पो आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले बताए । एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टनेल हो । फिस टिनेल एक्स्पोमा स्कुलले विद्यालयहरूलाई शैक्षिक अवलोकनमा ल्याएमा विशेष छुट दिने व्यवस्था पनि आयोजकले गरेको छ । त्यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने एक सय ६० प्रजातिका माछा नेपालमा दोस्रोपटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको हो । एक्स्पोको हाताभित्र अन्य मनोरञ्जनात्मक खेलहरूका साथै फुड स्टल समेत रहेका छन् ।