काठमाडौं । इनफिनिक्स नेपालले आफ्नो बहुप्रतीक्षित स्मार्ट १० सिरिज नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यस सिरिजअन्तर्गत स्मार्ट १० र स्मार्ट १० प्लस नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार स्मार्ट १० ४/६४ जीबी र स्मार्ट १० प्लस ४/१२८ जीबी क्षमताको रहेको छ । यी स्मार्टफोनको मूल्य नेपालमा क्रमशः ११ हजार चार सय ९९ रुपैयाँ र १२ हजार नौ सय ९९ रुपैयाँ रहेको तोकिएको छ । यो सिरिजले सस्तो मूल्यमै दमदार परफर्मेन्स, ठूलो ब्याट्री र आकर्षक डिजाइनसहित स्मार्ट फिचरहरू ल्याएको छ । दैनिक प्रयोगका लागि परफेक्ट, स्टाइलिस देखिने र चलाउन सजिलो यी फोनहरूमा छ । साथै, यसमा छ दशमलव ६७ इन्चको ठूलो एचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ ।