काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन २२ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार शुन्य दशमलव १४ अंकले ओरालो लागेर २६ सय ८३ दशमलव ८६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव चार अंकले उकालो लागेर चार सय ५९ दशमलव ७० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको ५६ हजार दुई सय ७६ पटकको कारोबारमा एक करोड ५० लाख २७ हजार तीन सय ७२ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार आठ सय १४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।