काठमाडौं । नेपाल कृषि प्रधान देश हो । यहाँका विभिन्न भू–प्राकृतिक अवस्था र मौसमीय विविधताले विभिन्न फलफूल उत्पादनको सम्भावनालाई प्रोत्साहन गरेका छन् । तिनैमध्ये एक महत्वपूर्ण र लोकप्रिय फल आँप पनि हो । जहाँ फलफूल उत्पादनले गाउँघरको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दछ । यीमध्ये आँप एक प्रमुख मौसमी फल हो । जसको उत्पादन र खपत दुवै उल्लेखनीय रूपमा बढ्दो छ । तसर्थ आँपको स्वाद, पोषण र बहुउपकारी उपयोगिताका कारण देशमा यसको माग हरेक वर्ष बढ्दै गएको छ । तर, देशको उत्पादन क्षमताले यो माग धान्न सकिरहेको छैन् । जसले गर्दा भारतलगायतका देशहरूबाट आयात गर्नुपर्ने बाध्यता छ । वस्तुतः देशको तराई, भित्री मधेश र मध्यपहाडी क्षेत्रको उर्वर भूमि र उपयुक्त जलवायुले यहाँ आँप खेतीका लागि अत्यन्तै अनुकूल वातावरण प्रदान गरेको छ । विश्वमै मिठो आँपका लागि प्रख्यात नेपाली आँप, विशेषगरी मालुवाजस्ता स्थानीय प्रजातिहरूले गत केही वर्षमा घरेलु र अन्तर्राष्ट्रिय बजारमा ठूलो आकर्षण बटुल्दै आएको छ । यसले गर्दा देशमा आँपको खेती, उत्पादन र निर्यातमा उल्लेखनीय रुचि बढेको छ । यस अर्थले भन्ने नै हो भने मुलुकमा आँपको बढ्दो माग, बजारको गतिशीलता, चुनौतीहरू र भविष्यका सम्भावनाहरूको गहन विश्लेषण प्रस्तुत गरिन्छ ।
राष्ट्रमा आँपको खेतीको अवस्था र क्षमतालाई अवलोकन गर्ने हो भने उपयुक्त भौगोलिक तराईको गर्मी, भित्री मधेशको उपोष्ण जलवायु र मध्यपहाडको केही भागहरू (जस्तै काभ्रे, चितवनको दक्षिणी भाग) आँप खेतीका लागि उत्कृष्ट छन् । त्यसमा पनि सूर्यको प्रकाश, उच्च तापक्रम र उचित वर्षाको संयोजनले फलको गुणस्तर र मिठासलाई निकै प्रभाव पार्छ । यसमा पनि देशका प्रमुख आँप उत्पादन क्षेत्रहरूमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, काभ्रेपलाञ्चोक, रुपन्देही, दाङ्ग, कैलाली, नवलपरासी (पूर्वी र पश्चिमी) र बाँकेजस्ता जिल्लाहरू नेपालको आँप उत्पादनका गढहरू हुन् । यसैगरी मध्य पहाडमा पनि काठमाडौं उपत्यका र केही जिल्लाहरूमा सीमित मात्रामा खेती हुन्छ । यसरी आँपका प्रचलित प्रजातिहरू, अमृतभोग, बम्बई, कृष्णभोग, कलमी, दशहरी, लङ्ग्रा, गोपालभोग, मिठ्ठु, मल्दा, अनुपम, आदि रहेका छन् । त्यसरी नै कुनै कुनै त आँपले गुणस्तर र स्वादमा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएको छ । फलतः नेपाली आँप, विशेषगरी उच्च गुणस्तर र मिठासका कारण विदेशी बजारमा लोकप्रिय बन्दै गएको छ । जसले गर्दा निर्यातले किसानहरूका लागि आय बढाउन र विदेशी मुद्रा आर्जन गर्न ठूलो सम्भावना देखाएको छ । यसमा पनि सबैभन्दा ठूलो र नजिकको बजार भारत पनि हो । विशेषगरी सिमाना क्षेत्रका सहरहरूमा निर्यात हुन्छ । तर भारतमा भने आँपमा प्रतिस्पर्धा कडा छ र गुणस्तरसम्बन्धी मापदण्डहरू पूरा गर्नुपर्छ । यसरी निर्यातमा खाडी राष्ट्रहरू (कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ओमान, कुवेत) पनि रहेका छन् । यी देशहरूमा बसोबास गर्ने धेरैजसो नेपाली कामदारहरू र उच्च क्रयशक्ति भएका नागरिकहरूको कारण ठूलो माग छ । यसमा पनि प्रिमियम प्रजातिहरूको बढी मूल्य पाइन्छ । त्यसैगरी युरोपेली संघ (युके, जर्मनी, नेदरल्याण्ड्स, फ्रान्स)ः युरोपमा उच्च गुणस्तर र जैविक उत्पादनप्रतिको बढ्दो मागले नेपाली आँपका लागि सम्भावना बढाएको छ । तथापि, राम्रा खालका आँपले स्वास्थ्य सम्बन्धी मापदण्ड, गुणस्तर मानक र लगानीकर्ता अनुकूल परिवहन व्यवस्था आवश्यक छ ।
नेपालमा जनसंख्या वृद्धि, स्वास्थ्यप्रतिको बढ्दो सचेतना र स्थानीय उत्पादनको मागले आँपको बजार अझै विस्तार हुने देखिन्छ । जब कि सरकारले दीर्घकालीन योजनाका साथ उत्पादन वृद्धि, बजार व्यवस्थापन, जात विकास र प्रविधि सुधारमा जोड दिनुपर्ने आवश्यक छ । यसले नेपाली आँपलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ । यसरी, राष्ट्रमा आँपको माग र बजार दुवैमा सकारात्मक वृद्धि देखिएको छ । जसमा उत्पादन प्रविधि सुधार, बजार व्यवस्थापन र सरकारी सहयोगले नेपाली आँपलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । हाम्रो देशमा आँप उत्पादनको स्थितिलाई हेर्ने हो भने आँपको उत्पादन मुख्यतः तराई क्षेत्रहरूमा केन्द्रित छ । त्यसरी नै केही पहाडी जिल्लाहरूमा समेत व्यावसायिक खेती सुरु हुँदैछ । यसरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०८०/८१को प्रतिवेदनअनुसार देशभरमा झण्डै ४० हजार हेक्टरमा आँप खेती भइरहेको जनाएको छ । जसको वार्षिक उत्पादन लगभग ३ दशमलव ५ लाख मेट्रिक टन भएको अनुमान गरिएको छ । त्यसरी नै उत्पादकत्व भने प्रतिहेक्टर ८–१० मेट्रिक टन मात्रै भएको सम्बन्धित निकायको तथ्यांकमा उल्लेख गरिएको छ । जुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार कमी हो ।
फलतः देशमा आँप उत्पादन मुख्यरूपमा मधेश प्रदेशका २४ जिल्लामा व्यावसायिकरूपमा भइरहेको छ । यसमा पनि भन्ने नै हो भने नेपाली आँप स्वादिलो र गुणस्तरीय भएकोले यसको माग उच्च रहेको छ । जब कि बजारमा नेपाली आँपकै एकछत्र राज छ र विदेशी आँपले नेपाली बजारमा प्रवेश पाउन सक्दैन । जुन उत्पादन बढेसँगै बजारमा आँपको मूल्य केही समय घटे पनि अहिले पुनः बढ्न थालेको छ । जुन आँपको मूल्यमा मौसमी उतारचढाव देखिन्छ । जसमा गत जेठ महिनाको दोस्रो साता आँपको थोक मूल्य एक सय ५० देखि दुई सय रुपैयाँसम्म पुगेको थियो भने अहिले ६० देखि ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यसमा पनि मालदह र दसहरी जातका आँप सबैभन्दा बढी मागमा छन् । जसको मूल्य घट्नुको मुख्य कारण बजारमा धेरै आँप आउनु पनि हो । तर उत्पादन घट्दै गएपछि मूल्य पुनः बढ्ने सम्भावना छ ।
नेपालमा आँपको बजारमा अपार सम्भावना छ । यसमा पनि घरेलु माग बढिरहेको छ र अन्तर्राष्ट्रिय बजारले नेपाली आँपको उच्च गुणस्तर र स्वादप्रतिको रुचि देखाएको छ । तथापि, यसको पूर्ण क्षमतालाई दोहन गर्न उत्पादकत्व बढाउने, गुणस्तर नियन्त्रण र मानक पूरा गर्ने, पोस्ट–हार्भेस्ट हानि घटाउने कार्य आवश्यक छ । यसका लागि सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था, अन्तर्राष्ट्रिय सहयोगी संस्था र सबैभन्दा महत्वपूर्ण, किसानहरूको बीच समन्वित प्रयास अपरिहार्य छ । नेपाली आँपको भविष्य उज्यालो छ र यसलाई सञ्चालन गर्ने समय अहिले नै छ । तसर्थ नेपाल सरकारले आँप उत्पादनलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने योजना बनाएको छ । मूलतः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आँपको उत्पादन वृद्धि गरी विदेशी आयात कम गर्न सकिने बताएका छन् । यसरी वैज्ञानिक अनुसन्धान र क्षेत्रअनुसार आँपको व्यवस्थापनमा राज्य र किसानको सहकार्य आवश्यक रहेको उनले बताए । यसले दीर्घकालीनरूपमा नेपाली आँपको उत्पादन र गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
अन्त्यमा भन्ने नै हो भने राष्ट्रमा आँपको माग र बजार निरन्तर बढ्दो छ । जसले कृषि क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गरेको छ । अतः राष्ट्रमा आँपको माग निरन्तर बढ्दो छ, जसले यस क्षेत्रलाई व्यावसायिक दृष्टिले अत्यधिक सम्भावनायुक्त बनाउँछ । यदि सरकार र निजी क्षेत्र मिलेर उत्पादन सुधार, वितरण व्यवस्थापन र बजार विस्तारमा ध्यान दिन्छन् भने नेपाल आँपको सन्दर्भमा आत्मनिर्भर बन्न सक्छ—यहाँसम्म कि निर्यातमा अग्रसरसमेत रहेको छ । यद्यपि, यस क्षेत्रमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्न सरकारी नीति, किसानको सक्रिय सहभागिता र निजी क्षेत्रको लगानी अपरिहार्य छ । यदि सही रणनीति र दीर्घकालीन योजनाका साथ अगाडि बढेमा, नेपाली आँपले आन्तरिक माग पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो स्थान बनाउन सक्छ । जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउनेछ । मूलतः आँप नेपालको कृषि, पोषण र उद्योग क्षेत्रका लागि निकै सम्भावनायुक्त फल हो । यसप्रति उपभोक्ताको आकर्षण दिनानुदिन बढिरहेको छ । यद्यपि, उत्पादनले माग धान्न सकिरहेको छैन र बजार संरचना अझै किसानमुखी छैन । यदि उत्पादन सुधार, प्रशोधन सुविधा, बजार पहुँच र नीति स्पष्टता ल्याउन सकियो भने नेपाल आँपमा आत्मनिर्भर मात्रै होइन, निर्यातकर्ता राष्ट्र बन्न सक्ने सम्भावना पनि उच्च छ । त्यसैले अबको नीति, लगानी र अनुसन्धानको प्राथमिकता आँपमा आत्मनिर्भरता हुन जरुरी छ । जसले नेपालको कृषि व्यवसायलाई फड्को मार्न सघाउनेछ ।