जुम्ला — तिला गाउँपालिका–६ सुडीका ३५ वर्षीय जङ्गबहादुर रावत जंगलमा दाउरा काट्न गएका क्रममा भिरबाट लडेर आज बिहान मृत्यु भएका छन्। घर नफर्केपछि खोजी गर्दा उनको शव भिरबाट फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी असिम हमालले जानकारी दिएका छन्।