काठमाडौं,साफ यू–२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग रोमाञ्चक खेलमा ३–२ ले पराजित भएको छ।ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको खेलमा पहिलो हाफमै २–० को अग्रता लिएको बङ्गलादेशले अन्तिम मिनेटसम्मको संघर्षमा नेपाललाई पन्छाउन सफल भयो। नेपालकी सिम्रन राई र बङ्गलादेशकी सागोरिका बीचको झडपपछि दुवै खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिए। त्यसपछि नेपालले अनिशा राईको पेनाल्टी र मीना देउवाको गोलमार्फत बराबरीमा फर्किए पनि बङ्गलादेशकी तृष्णारानी सरकारले इन्जुरी टाइममा निर्णायक गोल गरेकी थिइन्। यो हारसँगै नेपालको दोस्रो खेलमा पहिलो हार हो भने बङ्गलादेशले लगातार दोस्रो जित दर्ता गर्दै शीर्ष स्थान मजबुत बनाएको छ।