काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रमाइजअन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जसअन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ ।
यो भिडियोले विश्वास पात्रहरूबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ । यसअघि क्याम्पेनको पहिलोचरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । उक्त सामाजिक सन्देशमूलक विज्ञापन दर्शकहरूले अत्याधिक रुचाइएको थिए ।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज भन्न जति सजिलो छ त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने सन्देशमार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुतरूपमा प्रस्तुत गरेको छ ।