काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पछिल्ला छ वर्षमा मुलुकले भौतिक पूर्वाधार विकासमा ठूलो फड्को मारेको उल्लेख गरेका हुन्।उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र गरिएको छ।
“छ वर्षअगाडि हाम्रो सरकार हुँदा विकासको गति उच्च थियो, अहिले फेरि सरकारमा फर्किएपछि त्यो गति दोहोरिएको तथ्याङ्कले देखाएको छ,” प्रधानमन्त्री ओलीको भनाइ छ। इन्जिनियर्स डेको अवसरमा शुभकामना दिँदै उनले पूर्वाधारदेखि प्रविधिसम्मको विकासमा इन्जिनियरहरूको योगदान अतुलनीय रहेको समेत बताए।