काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष पूर्वमन्त्री रञ्जिता श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान सुरु भएको छ ।
श्रेष्ठलाई मालपोत कार्यालय कास्कीका प्रमुखको थमौती र सरुवामा निवर्तमान संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग मिलेर बिचौलियाको काम गरेको अडियोसहितको प्रमाणहरू आर्थिक दैनिकले गत असार ११ गते सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको थियो ।
बुधबार अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो भने बिहान १० बजेदेखि उनीसँग सोधपुछ सुरु भएको अख्तियार स्रोतले बनायो ।