काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार दुई लाख १४ हजार ४९ कित्ता संस्थापक सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागिएको हो ।
बैंकका यो सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखिएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ । साथै उक्त समयावधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।