काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०८१/०८२ मा छ करोड ९४ लाख आठ हजार तीन सय ९५ रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा तीन करोड ८६ लाख ६१ हजार दुई सय ४७ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार पाँच सय रुपैंयाँ रहेको बैंकले आव २०८१/०८२ मा छ अर्ब ३७ करोड ६४ लाख ५१ हजार एक सय २७ रुपैंयाँ निक्षेप संकलन गरी चार अर्ब ७३ करोड ५० लाख २० हजार ६४ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड १० लाख ४२ हजार नौं सय ४८ रुपैंयाँ रहेको बैंकमा तीन दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले चार अर्ब ९७ करोड १७ लाख ३४ हजार दुई सय ५६ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ५८ लाख ६१ हजार ४७ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड १६ लाख १२ हजार नौं सय ५१ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।