काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले बार्षिक साधारण सभाको आह्वान गरेको छ । कम्पनीले आगामी भदौ ४ गते ललितपुरमा आफ्नो चौथो वार्षिक साधारणसभा गर्न लागेको हो ।
साधारणसभामार्फत कम्पनीले सर्वसाधारणको लागि साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक आर्थिक वर्ष २०८१/८२को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरू पारित गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश स्वीकृत गर्ने प्रस्तावहरू समेत पारित गर्ने तयारी पनि कम्पनीको रहेको छ । सभामा रिक्त रहेको एक जना सञ्चालकको चयन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।