मोरिस गराजेज (एमजी)का नेपालका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी आईएम ६ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एमजी आईएम ६ नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयुभी हो । कम्पनीले बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी एमजी आईएम ६ सार्वजनिक गरेको हो । अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ आईएम ६ ले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ ।
एमजी आईएम ६ अब सम्पूर्ण अधिकृत एमजी डिलरसिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ । लक्जरी, नवप्रवर्तन र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम ६ एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकको रूपमा उभिएको छ । यसमा आईएम डिजिटल च्यासिस, फ्युचरिस्टिक एआई क्याबिन, एड्भान्स्ड इलेक्ट्रिफिकेसन र एड्भान्स्ड इलेक्ट्रिफिकेसनलगायतकाविशेषताहरु रहेका छन् । यसले पाँच सय पाँच किमिसम्मको रेञ्ज दिने जनाइएको छ । साथै, यसमा ७५ केडब्लुएच एलएफपी ब्याट्री, चार सय ५० एनएमको उच्चतम टर्क, २० इन्च एयरोडाइनामिक ह्विल्स, भेन्टिलेटेड वायरलेस चार्जिङ प्याड, फोर–ह्विल स्टेयरिङ, रोड न्वाइज कन्ट्रोललगायत सुविधाहरु छन् ।