काठमाडौ । कङ फुड्स प्रालिले नयाँ मिठास टुकुचे १४०१ लामो दानाको बासमती चामल नेपाली बजारमा ल्याएको छ । उत्तरी भारतको हरियाणाबाट प्रत्यक्षरूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिन्छ, जुन विशेष अवसरहरू तथा दैनिकी दुवैका लागि उपयुक्त छ । मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा एक केजी, पाँच केजी र २० केजीमा उपलब्ध रहेको छ ।
साथै, थोक बजारहरुमा पनि पाइने र निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्टमा पनि यो चामल उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ‘मिठास’ र महारानी’जस्ता लोकप्रिय बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ ।