काठमाडौं । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कर्णाली विकास बैंकको घोटाला प्रकरणमा पूर्वअध्यक्ष पशुपति दयाल मिश्रसहित तीन जनालाई थुनामा पठाएको छ ।
न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले मिश्रसहित राजेन्द्र वीर राय, वेदप्रकाश सिंह ठकुरीलाई थुनामा पठाउने आदेश गरेको हो । पूर्वकर्मचारी भुवन बस्नेतसँग भने २ लाख धरौटी माग भएको छ ।
३ अर्ब २० करोड हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १०८ जनालाई प्रतिवादी बनाएको थियो । तीमध्ये ४ जना पक्राउ परेका थिए । यही साउन १४ मा प्रहरीले यससम्बन्धी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।