काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई अद्भूत अगस्ट’ योजना सुरु गरेको छ । यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभको फाइदा लिन सक्नेछन् ।
यो योजना बुधबारदेखि आइतबारसम्म सञ्चालन हुने काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ । हुन्डाईको स्टल नम्बर एल४ रहेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा आठ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ । यस योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले व्यहोर्नेछ ।
नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूका लागि छनौट हुने छन् । दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ ।