काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै सेवा सार्वजनिक गरेको छ । डिजिटल क्षेत्रमा ग्राहक वर्गलाई सहज बैंकिङको सुविधाको साथै ग्राहकको समय बचत गराउने उद्देश्यले भिडियो केवाईसीको सुरुवात गरिएको हो । मन्जुश्री इनोभेसन तथा डिजिटल एडप्सनको क्षेत्रमा अब्बल स्थानमा आफ्नो पहिचान बनाउँदै गरेको फाइनान्स कम्पनी हो । टेक साभे ग्राहक तथा विदेशमा रहेका नेपालीहरूलाई मध्यनजर गर्दै फाइनान्सले सो सुविधाको सुरुवात गरेको हो । अब खाता उपडेट गर्नको लागि बैंकको शाखा पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि सो सुविधाको सुरुवात भएको हो ।