काठमाडौं । बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा–सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सो छुट सुविधा अन्नपूर्ण न्यूरो हस्पिटलमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर पे्रमकुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्तरूपमा हस्ताक्षर गरेका हुन् ।