काठमाडौं । मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ‘मिस कोस्मो’को सुरुवात गरेको छ । मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको छ ।
स्माइल ट्रेनले विश्वभरका बालबालिकाहरूलाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकहरूलाई तालिम, कोष र आपूर्ति प्रदान गर्ने जनाइएको छ ।
बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचार बारेमा जागरूकता जगाउने लक्ष्य राखेको छ । यस्तै, बर्जर पेन्ट्सले एक विशेष अन्तरक्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाहरूप्रति समर्पित रहेर कार्यक्रम गरेको छ । बर्जर पेन्ट्सले मिस नेपाल २०२५ को अन्तिम प्रतियोगीहरूसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।