काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ४४ लाख ७३ हजार सात सय २२ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २८ करोड ४७ लाख १२ हजार १६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा तीन अर्ब ५६ करोड सात लाख १३ हजार तीन सय ७६ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ६७ करोड ८५ लाख ३३ हजार एक सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १६ करोड ७२ लाख १७ हजार दुई सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ५४ करोड ६४ लाख नौं हजार दुई सय १२ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ४१ करोड ८६ लाख छ हजार पाँच सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९७ करोड ४९ लाख ९३ हजार आठ सय २२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।