मन्थली (रामेछाप) । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।

उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा यातायातका सवारी साधन रोकिएको स्थानीय सञ्जीव चौहानले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् ।