काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण (एन्टी मनी लाउन्डरिङ एएमएल) तथा वित्तीय अपराध (कम्ब्याटिङ द फाइनान्सिङ अफ टेरोरिजम (सीएफटी)सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका कानुन विभाग प्रमुख सुवास भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतंकवादी वित्तीयकरणजस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औँल्याए । यससम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।
कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुखलगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा कम्पनीका अन्य पदाधिकारीहरूको मुख्य उपस्थिति रहेको थियो । हाल कम्पनीले देशभरका एक सय ४३ वटा शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।