काठमाडौं । रमेश कर्पकोअन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेस गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर भएको छ । कम्पनीले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रममा पार्टनरस्तरको ‘गुगल वर्कस्पेस सेल पार्टनर’को रूपमा सामेल भएको हो ।
सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको कम्पनीले, गुगल वर्कस्पेस लाइसेन्समा सहज पहुँच दिलाउँदै स्थानीय भुक्तानी विकल्प, तत्काल लाइसेन्स डेलिभरी र सम्पूर्ण सपोर्टसहित एउटै स्थानबाट सबै सुविधा उपलब्ध गराउनेछ । सहकार्यको सुरुवातदेखि हालसम्म कम्पनीले ५० भन्दा बढी व्यवसायलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ । टेली डिजिटलले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जीमेल–आधारित समाधान प्रदान गर्दै, एकीकृत सहकार्यका लागि आवश्यक सबै टुल्स उपलब्ध गराएर व्यवसायलाई अझ सहज, सक्षम र प्रतिस्पर्धी बनाउँदै आएका छन् ।
टेली डिजिटल सर्भिसेसको यो सहकार्यले नेपालमा अझै पनि सिप्यानल प्रणालीमा निर्भर रहेका व्यवसायलाई आधुनिक क्लाउड–आधारित समाधानतर्फ उन्मुख गराउने जनाइएको छ । कम्पनीको सजिलो अनबोर्डिङ प्रक्रियाले छिट्टै र सहजरूपमा व्यवसायलाई गुगल वर्कस्पेसमा लैजान मद्दत गर्नेछ ।