काठमाडौं । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल)’ सार्वजनिक गरेको छ । कम्पनीले दशैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर यो योजना ल्याएको हो ।
यस क्याम्पेनको विशेषता के हो भने हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङमा पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ । यस योजनामा जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँ नगद उपहार, ‘प्लेअर अफ द विक’ बन्ने ग्राहकलाई एक लाख नगद, चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसरलगायत सुविधा छन् ।
यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौँठा अनुभवहरू पनि साट्न पाउनेछन् । यस क्याम्पेनले मोबाइल खेलप्रेमीहरुलाई लक्षित गरेर मोबाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवसर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो, त्यति नै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।