काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्र र आसपासका बौद्ध सम्पदास्थलको अन्तर्राष्ट्रिय महत्व र युनेस्को विश्व सम्पदा सूचीमा पर्ने सम्भावनालाई ध्यानमा राख्दै त्यहाँ ठूला उद्योग, विशेषगरी सिमेन्ट कारखाना र प्रदूषणकारी योजना सञ्चालन नगर्न नेपाल सरकारलाई कडा निर्देशन दिएको छ। माननीय न्यायाधीशहरु श्रीकुमार रेग्मी र शुशीलकुमार पाण्डेको संयुक्त इजलासले जारी गरेको आदेशमा लुम्बिनीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वलाई विश्वसमक्ष प्रवर्द्धन गर्नु सरकारको दायित्व भएको उल्लेख छ। लुम्बिनी क्षेत्रलाई १९९७ मा युनेस्कोले विश्व सम्पदा (World Heritage) असाधारण सार्वभौमिक मूल्य (Outstanding Universal Value – OUV)को मान्यता दिइसकेको छ।