काठमाडौं । इनड्राइभले नेपालमा दशैँ तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता पाएपछि कम्पनीले यसपटक अभियानलाई अझ बढी परिस्कृत बनाउने जनाएको छ ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो । यसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यु टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इन्ड ग्याजेटहरू रहेका छन् । प्लेटिनम ड्राइभर्स गिभअवे दुई चरणहरुमा आयोजना हुनेछ । कम्पनीका अनुसार प्रतिच्यालेन्ज भदौ १५ गतेसम्म सञ्चालन हुनेछ भने च्यालेन्ज थ्री विक्स भदौ १६ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार जो चालकहरूले यी समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन्, तिनीहरु विक्ली प्राइजका लागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन्, तिनीहरु ग्रान्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जतिधेरै राइड पूरा गर्नेछन्, त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बढ्ने जनाइएको छ ।
कम्पनीका अनुसार क्याब ड्राइभर ग्रान्ड प्राइज टाटा एक्सप्रेस–टी ईभी पुरस्कार रहेको छ भने बाइक राइडर ग्रान्ड प्राइजमा टीभीएस रेइडर मोटरसाइकल रहेको छ । साथै, साप्ताहिक विजेताहरुले स्मार्टफोनहरु, स्मार्टवाचहरु र इयरबड्सलगायतका पुरस्कार पाउनेछन् । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन म्यानेजर सुनिता जीमी राईले प्रतिज्ञा गरेअनुसार कम्पनीले फेरि यो क्याम्पेन लिएर आएको बताइन् ।