काठमाडौँ । सुनको मूल्यले नेपाली स्थानीय बजारमा निरन्तर किर्तीमान कायम गरिररहेको छ । आइतबार प्रतितोला दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा एक हजार सात सय बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो भने सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० पुगेको छ ।