काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४६ वर्षीय प्रदिप खत्रीलाई प्रहरीले पक्राउ गरिएको हो ।
उच्च अदालत पाटन ललितपुरको २०७९ असोज ३० गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र क्षतिपूर्तीवापत शुल्क ८० हजार रूपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।