लुम्बिनीको प्रचारप्रसारको कुरो गर्दा प्रचार भइरहेकै देखिन्छ, सानोतिनो रुपमा । त्यसो त लुम्बिनी भनेको विश्वभरिकै बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र हो । त्यसैले संसारभरका बुद्ध धर्म मान्नेहरु वर्षेनी ठूलो संख्यामा यहाँ आउँछन् । तथ्यांकअनुसार सन् २०२०मा ३७ हजार दुई सय जना पर्यटकले मात्रै लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२२०मा त्यसरी कम पर्यटक लुम्बिनी भ्रमण गर्न जानुमा कोरोना महामारी सुरु हुनुलाई लिनुपर्ने हुन्छ । सन् २०२१मा चाहिँ ४३ हजार सात सय ३२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२२मा चाहिँ ठूलो संख्यामा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्यो । सो वर्षचाहिँ नौ लाख तीन हजार आठ सय ८३ जना मानिस पर्यटक भई लुम्बिनी भ्रमण गर्न गएका थिए । त्यस्तै गरेर सन् २०२३ मा पनि नौ लाख ९८ हजार नौ सय ३८ जना मानिसले पर्यटक भई लुम्बिनीको भ्रमण गर्न गएका थिए । त्यसमा तीन लाख ४२ हजार ७२ जना विदेशी पर्यटक रहेका थिए । त्यस्तै गरेर सन् २०२४मा चाहिँ एक सय १२ देशका ११ लाख पर्यटक भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आएका थिए । तीनमध्ये तीन लाख आठ सय ८९ जना पर्यटक दक्षिणको छिमेकी देश भारतबाट लुम्बिनी भ्रमण गर्न गएका थिए । चालू वर्ष (सन् २०२५)मा चाहिँ आन्तरिक एवं तेस्रो मुलुकका गरी १३ लाख चानचुन पर्यटक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आउने आशा गर्न सकिन्छ ।
छिमेकी देश भारतबाहेक लुम्बिनी भ्रमण गर्न आउने अधिकांश विदेशी पर्यटकमा श्रीलंका, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, बर्मा, दक्षिण कोरिया, चीन, जर्मनी, फ्रान्स, स्पेन, बेलायत, क्यानाडा, अमेरिका, रुस, क्यानाडा, इटली, स्वीट्जरल्यान्ड आदि देशका पर्यटक रहेका छन् । विगत पाँच वर्षमा लुम्बिनी भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक उल्लेख गरिएको छ । सन् २०२४मा भारतबाहेकका देशबाट एक लाख ११ हजार चार सय तीन जना पर्यटकले लुम्बिनी क्षेत्रको भ्रमण गरेका थिए । स्मरण रहोस्, सन् २०२३मा भारतबाहेक तेस्रो देशका ७६ हजार दुई सय १० जना पर्यटकहरू लुम्बिनी भ्रमण गर्न आएका थिए भने, सन् २०२२मा चाहिँ भारतबाहेक ९६ देश तेस्रो मुलुक)का २३ हजार नौ सय ९२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् २०२१मा चाहिँ छिमेकी देश भारतबाहेक ६८ देशका एक हजार एक सय ९७ जना पर्यटकले मात्रै लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२०मा चाहिँ तेस्रो मुलुकबाट केवल ४५ हजार तीन सय २९ जना पर्यटक मात्रै लुम्बिनी भ्रमण गरेका थिए ।
जे भए पनि अन्त्यमा फेरि पनि लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९मा नेपाली, भारतीय एवं नेपाल र भारतबाहेक अन्य देश (तेस्रो मुलुक)का गरेर लगभग १८ लाख पर्यटकले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । खासगरी जब कोरोना महामारी मत्थर भयो त्यसपछि अर्थात् सन् २०२२ पछि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने नेपाली, भारतीय र तेस्रो देशका पर्यटकको संख्या बढ्न थालेको हो । हुन पनि सन् २०१९को अन्त्यतिर सुरु भएको कोरोना महामारीका कारण सन् २०२०मा त नेपाली, भारतीय एवं नेपाल र भारतबाहेक अन्य देश (तेस्रो मुलुक)का गरेर जम्मा दुई लाख ९२ हजार चानचुन पर्यटक मात्रै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आएका थिए ।
यसरी हेर्दा सुरुमा कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीका एक पुत्र र राजकुमार रहनुभएका सिद्धार्थ गौतम नै पछि गएर ‘भगवान् गौतम बुद्ध’ हुनु भएको हो । उहाँ (‘भगवान् गौतम बुद्ध’)को मृत्यु (बौद्ध धर्मालम्बीको भाषामा महापरिनिर्वाण) पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आउने पहिलो मानिस सम्राट अशोकलाई मान्ने गरिन्छ । उहाँपछि लुम्बिनी भ्रमण गर्ने चिनियाँ यात्री फाहियान हुनु हुन्छ । त्यसो भए तापनि गौतम बुद्ध र बौद्ध धर्मप्रति एक दमै गहिरो रुची भएका सम्राट अशोकले लुम्बिनीमा केवल भ्रमण मात्रै गर्नु भएन, उहाँले सो ठाउँमा अशोक स्तम्भ (आफ्नो नाममा स्तम्भ) नै खडा गराउनु, निर्माण गराउनु भयो । जुन स्तम्भ नै पछि ‘भगवान गौतम बुद्ध’को जन्मस्थल लुम्बिनी नै हो भन्ने आधार र प्रमाणका लागि सहयोगी सिद्ध भयो । यसरी इतिहास हेर्दा सम्राट अशोक र चिनियाँ यात्री फाहियान पहिलो लुम्बिनी भ्रमण गर्ने तीर्थ यात्री भएयताको मितिमा करोडौँ तीर्थयात्री तथा पदयात्रीले ‘भगवान् गौतम बुद्ध’को जन्मस्थल लुम्बिनीको तीर्थयात्रा तथा पदयात्रा गरिसक्नुभएको छ । त्यसो त सन् १९९६मा फ्रान्समा मुख्यालय रहेको युनेस्कोले ‘भगवान गौतम बुद्ध’को जन्मस्थल रहेको लुम्बिनी क्षेत्रलाई विश्व सम्पदा सूचीमा पनि राखिसकेको छ ।
विश्वमा लगभग ५२ करोड मानिसले बौद्ध धर्म अपनाउने गरेको देखिन्छ । यसरी हेर्दा समग्रमा विश्वको चार दशमलब तीन (४.३) प्रतिशत मानिसले बौद्ध धर्म अपनाएका छन् । त्यसैले भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई विश्वका बौद्ध धर्मालम्बीहरूको केन्द्रको रुपमा विकशित गर्नुपर्ने देखिन्छ । त्यसमा पनि विशेषतः एसिया महादेशका केही जस्तै, कम्बोडिया (कम्पुचिया), थाईल्यन्ड (सियाम), म्यानमार (बर्मा), श्रीलंका (सिलोन), दक्षिण कोरिया, मलेसिया (मलाया), चीन, भियतनाम, जापान (निप्पोन), भारत (इन्डिया), लाओस (लाओ), नेपाल, मंगोलिया (मन्चुरिया), ताइवान (फर्मोसा), अफगानिस्तान लगायत देशमा बौद्ध धर्मालम्बीको धेरै बसोबास रहेको छ । खासगरी कम्बोडिया, थाइल्यान्ड, म्यानमार (बर्मा), श्रीलंका, दक्षिण कोरिया, मलेसिय, चीन, भियतनाम, जापान, नेपाल, भारत, लाओस, मंगोलिया, ताइवान देशमा धेरै संख्यामा बौद्ध धर्मालम्बीको जनसंख्या रहेको छ । हुन पनि देशको जजसंख्याअनुसार हेर्ने हो भने, सबैभन्दा धैरै संख्यामा बौद्ध धर्मालम्बी रहेको देश कम्बोडिया रहेको छ । यो देशको ९७.०९ प्रतिशत जनसंख्याले बौद्ध धर्म मान्ने गरेका छन् । त्यसपछि धैरै संख्यामा बौद्ध धर्मालम्बी रहेको देश थाइल्यान्ड हो । थाइल्यान्डका ९३.०२ प्रतिशत जनता बौद्ध धर्म मान्छन् भने, तेस्रो धेरै संख्यामा बौद्ध धर्म मान्ने देशमा श्रीलंका रहेको छ । श्रीलंकाका ९३.०२ प्रतिशत जनता बौद्ध धर्म मान्ने गर्छन् । त्यसैगरी दक्षिण कोरियाका २२.०९ प्रतिशत जना बौद्ध धर्मालम्बी रहेका छन् । मलेसियालाई मुस्लिम देशका रुपमा चिन्ने र जान्ने गरिन्छ । तैपनि मलेसियाका १९.०८ प्रतिशत जनता बौद्ध धर्मालम्बी रहेका छन् । हुन पनि चीनमा मात्रै विश्वको बौद्ध जनसंख्याको आधा अर्थात् २४ करोड ४१ लाख ३० हजार जनसंख्या रहेको छ ।
अन्तिममा विश्वभरिका बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र लुम्बिनी भ्रमण गर्न आउने धार्मिक अन्य पर्यटकको संख्या बढाउनका लागि माथि उल्लेख गरिएका अफगानिस्तान, कम्बोडिया, थाईल्यन्ड, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, मलेसिया, चीन, भियतनाम, जापान, भारत, लाओस, मंगोलिया, ताइवान लगायत देशमा बौद्ध धर्मालम्बीह्रूको बसोबास रहेको देशमा हामीले प्रचारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।